बद्री पंगेनीको गीत ‘पैसा सापटी’

हिमाल प्रेस १८ फागुन २०७९ १५:०५
6
SHARES
बद्री पंगेनीको गीत ‘पैसा सापटी’

काठमाडौँ- बद्री पंगेनी र रचना रिमालको स्वरमा ‘पैसा सापटी’ गीत सार्वजनिक भएको छ। गायक पंगेनीको शब्द, संगीत, लेखन तथा निर्देशन रहेको गीतमा विश्वास नेपालको संगीत संयोजन छ। मनोज कार्कीको सम्पादन रहेको गीतको भिडियो मर्मस्पर्शी बनेको छ।

भिडियोमा सागर लम्साल ‘बले’, अनु रेग्मी, नन्दा बस्याल, सन्तोष पौडेल ‘बटुक’, विजय शर्मा गैरे, अस्मिता श्रेष्ठ, सीता अधिकारीलगायत कलाकारको अभिनय छ।

पैसा सापटी दिएपछि आफन्त, साथीभाइसँग सम्बन्ध बिग्रिएको र स्वयं नै प्रहरीको फन्दामा परेको प्रसंगलाई भिडियोमा देखाइएको छ। गीत गायक पंगेनीकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

प्रकाशित: १८ फागुन २०७९ १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + six =