डीआर सुजन भन्छन्- नेपाली हाम्रो जात

हिमाल प्रेस १ असार २०८० ११:३५
14
SHARES
डीआर सुजन भन्छन्- नेपाली हाम्रो जात

काठमाडौँ– गीतकार तथा गायक डीआर सुजन (सुजन शर्मा रेग्मी)को ‘नेपाली हाम्रो जात’ बोलको नयाँ म्युजिकल फिल्म सार्वजनिक भएको छ। गायक सुजनकै परिकल्पना, कथा, शब्द, संगीत र निर्देशन रहेको गीतको संगीत संयोजन महेन्द्र भण्डारीलले गरेका छन्।

गीतमा सुजनसँगै हेमन्त कान्छा रसाइली, राजु परियार र धर्म गन्धर्वको स्वर छ।

जातीय विभेद अन्त्यका लागी प्रस्तुत गरिएको सन्देशमूलक गीतको भिडियोमा सुजनसँगै विनोद परियार, सुरवीर पण्डित, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, तारा केसी, सरिता राजोपाध्याय, मुकुन्द मैनाली, ईश्वरी बराललगायत थुप्रै चर्चित कलाकारको अभिनय छ।

गीतको भिढियो किरण चैसिरको छायांकन, मिलन विश्वकर्माको सम्पादन रमुकेश नेपालीको नृत्य निर्देशनमा बनेको छ।

सुजना शर्मा रेग्मी र लक्ष्मी पौडेलले निर्माण गरेको गीत डीआर सुजनकै आधिकारिक युट्युब च्यानलबाट सार्वजानिक गरिएको हो।

प्रकाशित: १ असार २०८० ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =