सर्लाहीमा चोरीको मोबाइलसहित मोटरसाइकल नियन्त्रणमा

हिमाल प्रेस ३२ जेठ २०८० १४:०६
6
SHARES
सर्लाहीमा चोरीको मोबाइलसहित मोटरसाइकल नियन्त्रणमा

सर्लाही– सर्लाहीको बसबरिया गाउँपालिका-५ पोखरिया इलाकाबाट बुधबार सशस्त्र प्रहरीले ५ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाइल र बिँडीसहितको दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

भारतबाट अबैध रुपले मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको ३६ थान मोबाइल र ४ बोरा बिँडी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस मनुष्माराले नियन्त्रणमा लिएको हो। सामान ल्याउने व्यक्तिहरू भने प्रहरीलाई देख्नासाथ सामानसहित मोटरसाइकल छाडी फरार भएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएको सामान र मोटरसाइकल आवश्यक कारवाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ३२ जेठ २०८० १४:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + three =