बजेट नसच्याए सरकार ढल्छ : माधव नेपाल

हिमाल प्रेस २८ जेठ २०८० १९:०२
8
SHARES
बजेट नसच्याए सरकार ढल्छ : माधव नेपाल मोर्चाका संयोजक माधवकुमार नेपाल।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार ढल्ने आशंका गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सत्तागठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास पनि गरिएको बताए।

यद्यपि उनले आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट यथास्थितिमा पास भएमा सरकार ढल्ने आशंका व्यक्त गरे।

बजेटमा सबै जना असन्तुष्ट रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री र अर्थमन्त्रीले लचकता नदेखाए सरकार दुर्घटनामा पर्ने बताए। उनले बजेट तीन जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको बताउँदै आएका छन्।

साथै पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको छ। यद्यपि उनको पार्टी दुई मन्त्रालयसहित सरकारमा सहभागी छ। सत्तापक्षकै सांसदहरूले बजेट आवश्यकताअनुसार नआएको बताउँदै आएका छन्।

प्रकाशित: २८ जेठ २०८० १९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =