बिनाब्याज बजाज मोटरसाइकल किन्न सकिने

हिमाल प्रेस २८ जेठ २०८० १८:४६
6
SHARES
बिनाब्याज बजाज मोटरसाइकल किन्न सकिने

काठमाडौँ- नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘फाइनान्स जात्रा’ सुरु गरेको छ। कम्पनीले काठमाडौँ उपत्यकाका ग्राहकलाई सहुलियत दिने उद्देश्यले फाइनान्स जात्रा सुरु गरेको हो।

‘शून्य प्रतिशतमा बजाजसँग यात्रा’ ट्यागलाइन राखिएको फाइनान्स जात्राअन्तर्गत ग्राहकले कुनै पनि बजाज मोटरसाइकल १८ महिनासम्मको किस्तामा शून्य प्रतिशत ब्याजमा खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

यसले बजाजका मोटरसाइकल खरिद गर्ने ग्राहकलाई सजिलो हुने अपेक्षा गरिएको छ। ‘उपत्यकामा जात्रालाई जसरी विशेष महत्त्व दिएर मनाइन्छ, त्यसरी नै बजाजले पनि आफ्नो फाइनान्स जात्रालाई एक उत्सवका रूपमा मनाएर ग्राहकमाझ अझै सहज र उत्साहपूर्ण अफर प्रदान गर्ने प्रयत्न गरेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

५० प्रतिशत डाउन पेमेन्ट गरी १८ महिनाको किस्तासहित शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल खरिद गर्न सकिनेछ। काठमाडौँ उपत्यकाका बजाजका १८ शोरूममा आइतबार यही जेठ मसान्तसम्मका लागू भएको कम्पनीको भनाइ छ।

प्रकाशित: २८ जेठ २०८० १८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + two =