अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ सोमबार दिने

हिमाल प्रेस २८ जेठ २०८० १८:४० | Sunday, June 11, 2023
अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ सोमबार दिने

काठमाडौँ- आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा प्रतिनिधिसभाका सांसदहरुले बोल्ने क्रम सकिएको छ। आइतबार बजेटमाथि सांसदहरूले बोल्ने क्रम सकिएसँगै सोमबारको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिने सभामुख देवराज घिमिरेले जानकारी दिएका छन्।

प्रतिनिधिसभाको अर्को बैठक जेठ २९ गते सोमबार दिउँसो १ बजेलाई तोकिएको छ। अर्थमन्त्री महतले गत जेठ १५ गते २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमान संसदमा पेश गरेका थिए।

प्रकाशित: २८ जेठ २०८० १८:४० | Sunday, June 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast