गण्डकीको नीति तथा कार्यक्रम पारित

हिमाल प्रेस २५ जेठ २०८० २०:१७
2
SHARE
गण्डकीको नीति तथा कार्यक्रम पारित

पोखरा- गण्डकी प्रदेश सरकारकोले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित भएको छ। गत आइतबार (जेठ २१ गते) प्रदेश सभामा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रम ३ दिनको छलफलपछि बिहीबार बहुमतले पारित गरिएको हो।

प्रत्येक प्रदेशले १ असारमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। साेहीअनुसार सरकारले बजेटअघि नीति तथा कार्यक्रम ल्याएको हाे। गण्डकी सरकारले आगामी आवका लागि चालु आवकोभन्दा बजेटको आकार घटाउने बताएको छ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३५ अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो।

प्रकाशित: २५ जेठ २०८० २०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =