‘कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन’को उपाधि एपीएफका प्रिन्सलाई

हिमाल प्रेस २५ जेठ २०८० १८:४३
2
SHARE
‘कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन’को उपाधि एपीएफका प्रिन्सलाई

काठमाडौँ- ‘१६औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता-२०८०’को पुरुष एकलतर्फको उपाधि नेपाल एपीएफ क्लबका प्रिन्स दाहालले जितेका छन्।
बिहीबार भएको फाइनल खेलमा प्रिन्स दाहालले त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनलाई २१–११ र २१–११ ले पराजित गरी उपाधि जितेका हुन्।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा आयोजित प्रतियोगिताको समापन समारोहमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विजयी खेलाडीलाई शिल्ड, पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतियोगिता सञ्चालनमा सहयोग पुर्‍याउने संघ संस्था, रेफ्री तथा अफिसियलहरूलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरे।

त्यस्तै बिहीबार नै भएको महिला एकलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले नेपाल एपीएफ क्लबकी जेसिका गुरुङलाई २१–१९, १५–२१ र २१–१७ ले पराजित गरी उपाधि जितिन्।

यसैगरी १९ वर्षमुनिको पुरुषतर्फ नेपाल एपीएफ क्लबका क्षितिज खनालले एपीएफ क्लबकै रोशन साउदलाई १३–२१, २१–१७, २१–१८ ले पराजित गरी उपाधि जितेका छन्।
अन्डर टुभेल ब्वाईजअन्तर्गतको फाईनल खेलमा त्रिभुवन आर्मी क्लबका रीजन मगरले त्रिभुवन आर्मी क्लबकै सुदेश राजकोटीलाई २४–२२, २१–१८ ले पराजित गरी उपाधि जिते।

प्रकाशित: २५ जेठ २०८० १८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =