५६ लाख सेयर लगानीकर्ताको सुरक्षा राज्यले गर्छ : अर्थमन्त्री

हिमाल प्रेस २५ जेठ २०८० १२:३३
8
SHARES
५६ लाख सेयर लगानीकर्ताको सुरक्षा राज्यले गर्छ : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा रहेका ५६ लाख लगानीकर्ताको लगानी सुरक्षा राज्यले गर्ने बताएका छन्।

धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा मन्त्री महतले सेयर बजार आम मानिसको लगानी र आयआर्जनको माध्यम बनेकाले यसको प्रवर्द्धनमा राज्यले विशेष ध्यान दिने बताएका हुन्।

उनले भने, ‘५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु राज्यको दायित्व र जिम्मेवारी हो। यो जिम्मेवारीलाई उच्च महत्त्व दिएर धितोपत्र बोर्डले काम गर्नेछ। यसलाई अझ उचाइमा पुर्‍याउने छ।’

मन्त्री महतले सेयर बजारलाई स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट हुने सहयोगमा कुनै कमी नहुने प्रतिबद्धता पनि जनाए।

‘सेयर बजारमा लगानी गर्दा बढी फाइदा भएर भोलिलाई सहज होला कि भनेर धेरैले लगानी गरेका छन् उनीहरूको सुरक्षा गर्ने सबैभन्दा ठूलो जिम्मेवारी धितोपत्र बोर्डको हो,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =