खानेतेलकाे कच्चापदार्थमा बढाएकाे भन्सार कार्यान्वयन नगर्न माग

हिमाल प्रेस २२ जेठ २०८० २०:०२
6
SHARES
खानेतेलकाे कच्चापदार्थमा बढाएकाे भन्सार कार्यान्वयन नगर्न माग

काठमाडौँ- सरकारले बजेटमार्फत खानेतेलको कच्चापदार्थमा भन्सार महसुल बढाएपछि व्यवसायीले त्यसको विरोध गर्दै आएका छन्। नेपाल वनस्पति घ्यु तेल उद्योग उत्पादक संघले बजेटमार्फत वृद्धि गरेको खानेतेलको कच्चापदार्थको भन्सार महसुल कार्यान्वयन नगर्न माग गरेकाे छ।

संघले यसअघि नै कार्यान्वयनमा रहेको १ प्रतिशत भन्सार महसुल कायम गर्न माग गरेको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले सरकारले बजेटमार्फत विगतमा घ्यु तेलको कच्चापदार्थ आयातमा लाग्ने भन्सार शुल्क विगतकै कायम गर्न माग गरेको हो।

संघका अध्यक्ष विकास दुगडले तेलको कच्चापदार्थ आयातमा १ प्रतिशत रहेको भन्सार महसुल बजेटमार्फत १० प्रतिशत बनाउन उपयुक्त नभएको बताए। बजेटमार्फत बढाइएको उक्त भन्सार तत्काल सच्याउन उनले माग गरे।

भन्सार महसुल बढाउने सरकारको नीतिले २६ वटा घ्यु तेल उद्योग बन्द हुने अवस्था सिर्जना भएको उनको भनाइ थियो। पछिल्लो समय भन्सार महसुल बढाएपछि भारतबाट चोरी तस्करी भएर खानेतेल भित्रिने संघको भनाइ छ। चेरी तस्करी भएर खानेतेल भित्रिएमा सरकारले झन राजस्व गुमाउने जोखिम रहेको संघले औँल्याएको छ।

नेपाली उद्योगले महँगो भन्सार तिरेर तस्करीको तेलसँग प्रतिष्पर्धा गर्न नसक्ने सिन उनले बताए। भारतले कच्चा तेलको भन्सार महसुल घटाएको अवस्थामा नेपाल सरकारले कच्चा तेलको भन्सार बढाउनु उपयुक्त नभएको उनको भनाइ थियो।

त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले घ्यु तेल उद्योगलाई सरकारले प्रमुख प्राथमिकता दिनुपर्नेमा निरुत्साहनको नीति लिएको बताए। घ्यु तेल उद्योगले सरकारलाई बुझाएको राजस्वको मूल्याङ्कन सरकारले गर्न नसकेको उनको भनाइ थियो। भन्सार महसुल बढेपछि निर्यात बढाउन नसकिने अग्रवालले बताए।

प्रकाशित: २२ जेठ २०८० २०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − six =