यात्रु बसले यात्राको सुरु र अन्त्यमा सन्देशमूलक अडियो बजाउनुपर्ने

हिमाल प्रेस २२ जेठ २०८० १३:३९
20
SHARES
यात्रु बसले यात्राको सुरु र अन्त्यमा सन्देशमूलक अडियो बजाउनुपर्ने

काठमाडौँ- यात्रु बसले यात्राको सुरुवात र गन्तव्यमा पुगेपछि सन्देशमूलक अडियो बजाउनुपर्ने भएको छ। यातायात व्यवस्था विभागले निर्देशिका संशोधन गर्दै लामो तथा मध्यम दूरीका यात्रु बसले पालना गर्नुपर्ने नयाँ नियम सार्वजनिक गरेको हो।

निर्देशिकाअनुसार विभागले तोकेको मापदण्डमा रहेर बसले अडियो प्रसारण गर्नुपर्नेछ। त्यस्तै सवारी साधनले सरसफाइमा विशेष ध्यान दिनुपर्नेछ। सवारी साधनभित्र धुम्रपान निषेध गरिएको छ। यात्रु बसले ठूलो आवाजमा गीत संगीत बजाउन पाइने छैन। सफा खानपान र शौचालय भएको स्थानमा मात्रै रोक्नुपर्ने, बसमा अनिवार्य डस्टबिन राख्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ।

चालक तथा सहचालकले पहिचान खुल्ने पोशाक लगाउनुपर्ने, प्रत्येक तीन महिनामा स्वास्थ्य जाँच गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ। स्वास्थ्य जाँच र पोशाकको व्यवस्था व्यवस्थापकले गर्नुपर्ने विभागले जनाएको छ।

 

प्रकाशित: २२ जेठ २०८० १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 19 =