प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, आजै शपथ

हिमाल प्रेस १ असार २०८० १६:०० | Friday, June 16, 2023
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, आजै शपथ

काठमाडौँ- हरिकृष्ण कार्की प्रधानन्यायाधीश पदमा नियुक्त भएका छन्। कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। आज शुक्रबारमात्रै संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएका उनलाई राष्ट्रपतिले नियुक्त गरेका हुन्।

उनको पद तथा गोपनीयताको शपथ पनि आजै हुने भएको छ। शपथ अपराह्न ५:१५ बजे हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मतले अनुमोदन

 

प्रकाशित: १ असार २०८० १६:०० | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast