नेप्से परिसूचक १८४९ बिन्दुमा ओर्लियो

हिमाल प्रेस १७ जेठ २०८० १५:१८
4
SHARES
नेप्से परिसूचक १८४९ बिन्दुमा ओर्लियो

काठमाडौँ– नयाँ बजेट सार्वजनिक भएको दोस्रो कारोबार दिनमा पनि सेयर बजारमा भारी गिरावट आएको छ। बुधबार ३८.८३ बिन्दुले बजार घटेपछि परिसूचक १८४९.७९ बिन्दुमा ओर्लिएको छ। बजेटपछिको दुई कारोबार दिनमा मात्रै नेप्से परिसूचक ९२ अंकले तल झरेको छ। आज कारोबार भएकामध्ये २०३ कम्पनीको मूल्य घटेको छ। १६ कम्पनीको मूल्य बढेको छ।

आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ। आज ८७ लाख ३६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। ३६ हजार पटक किनबेच हुँदा २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँको कूल कारोबार भएको छ।

प्रकाशित: १७ जेठ २०८० १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seven =