अर्थमन्त्रीले भने- तलब खुवाउनै नसक्ने कुरा उडन्ते हो

हिमाल प्रेस १६ जेठ २०८० १७:२५
10
SHARES
अर्थमन्त्रीले भने- तलब खुवाउनै नसक्ने कुरा उडन्ते हो

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीलाई तलब नै खुवाउन नसक्ने अवस्था नरहेको बताएका छन्। सोमबार प्रस्तुत बजेटबारे उठेका प्रश्नको जवाफ दिन मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले तलब नै खुवाउन नसक्ने अवस्था नरहेको बताएका हुन्।

पत्रकारले राखेको जिज्ञासामा अर्थमन्त्री महतले उडन्ते कुराको पछाडि नलाग्न आग्रह गरे। ‘कर्मचारीलाई तलब खुवाउनै नसक्ने भन्ने उडन्ते कुरा कसले गरिदियो?’ मन्त्री महतले भने, ‘यस्तो उडन्ते कुराहरूको पछाडि लाग्नु भएन।’

प्रकाशित: १६ जेठ २०८० १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =