इन्सेकले भन्यो : रेशम चौधरीसहितलाई माफी दिन मिल्दैन

हिमाल प्रेस १४ जेठ २०८० १७:१६
114
SHARES
इन्सेकले भन्यो : रेशम चौधरीसहितलाई माफी दिन मिल्दैन फाइल तस्बिर

काठमाडौँ- गणतन्त्र दिवसका अवसरमा टीकापुर घटनाका दोषीको सजाय माफ गर्न खोजेको घटनाको भर्त्सना गर्दै दण्डहीनतालाई प्रश्रय दिने त्यस्तो कार्य नगर्न इन्सेकले माग गरेको छ। इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालद्वारा जेठ १४ गते जारी प्रेस विज्ञप्तिमार्फत् यस्तो माग गरिएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘गणतन्त्र दिवसका अवसरमा आममाफी दिन गृह मन्त्रालयले ज्यान मुद्दामा आरोप प्रमाणित भई जेलमा रहेका रेशम चौधरीको नाम सिफारिस गरेर जघन्य अपराधका घटनामा दोषी सावित भइसकेका कुनै पनि व्यक्तिलाई आममाफी दिनु हुँदैन भन्ने न्यायको सर्वमान्य मान्यतालाई लत्याएको छ।’

कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एक बालकसहित आठजना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भई जेलमा रहेका व्यक्तिलाई सजाय माफीका लागि सिफारिस गर्नुले दण्डहीनतालाई प्रश्रय दिने इन्सेकले औंल्याएको छ। सरकारले टिकापुर हत्याकाण्डका अभियुक्त रेशम चौधरीसहितका व्यक्तिलाई सजाय माफी दिन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

रेशम चौधरीलाई माफी दिन सरकारको सिफारिस

 

प्रकाशित: १४ जेठ २०८० १७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + twenty =