नेपाललाई तेस्रो स्थान

हिमाल प्रेस १४ जेठ २०८० १४:५१
6
SHARES
नेपाललाई तेस्रो स्थान

काठमाडौँ- काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले तेस्रो स्थान सुरक्षित गरेको छ। घरेलु टिम नेपालले आइतबार दिउँसो उज्वेकिस्तानलाई ३–१ ले पराजित गर्दै तेस्रो स्थान पक्का गरेको हो।

काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप को कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेट गुमाएको थियो। पहिलो सेटमा उज्वेकिस्तान २५–२० ले अघि रह्यो। तर त्यसपछिका चार सेटमा नेपाल विजयी भयो।

नेपालले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१५ र चौथो सेट २५–१३ को अन्तरले आफ्नो पक्षमा पार्‍यो।

गत शुक्रबार सेमिफाइनलमा काजाकिस्तानसँग हारेपछि नेपाल उपाधि रक्षाको बाटोमा अघि बढ्न असफल भएको थियो। यस्तोमा नेपालका लागि तेस्रो स्थानको प्रतिस्पर्धा जित्न आवश्यक थियो। नेपाल यो प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो।

तर यसपालि भारत र काजाकिस्तान जस्ता बलिया टिम थपिएपछि नेपालको यात्रा सेमिफाइनलभन्दा अघि बढ्न नसकेको हो। उपाधिका लागि भारत र काजाकिस्तान आइतबार नै भिड्दैछन्।

प्रकाशित: १४ जेठ २०८० १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =