सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

हिमाल प्रेस ८ जेठ २०८० १५:३९
6
SHARES
सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध फाइल तस्बिर।

काठमाडौँ- नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो जाँदा दुईतर्फी सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (सोमबार) दिउँसो करिब साढे २ बजे सुख्खा पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध भएको हो। सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। रासस

प्रकाशित: ८ जेठ २०८० १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =