अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदै

हिमाल प्रेस ८ जेठ २०८० ६:४०
10
SHARES
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदै

काठमाडौँ– सोमबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदैछ। ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौं’भन्ने मूल नाराका साथ यो दिवस मनाइन लागेको हो।

संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्त्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ।

जमिन तथा पानीको सतहमा रहने प्राणी तथा वनस्पति एवम् सूक्ष्म जीवको जीवनचक्रसहित वातावरणीय पक्षलाई समेत केन्द्रमा राखेर विश्वभर चेतनामूलक कार्यक्रम हुने गरेको छ।

जैविक विविधता दिवसका उपलक्ष्यमा नेपालमा वन विभाग र वनस्पति विभागसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ/संगठनका तर्फबाट हाइकिङ, र्‍याली, गोष्ठी, अन्तर्क्रियालगायत चेनतामूलक कार्यक्रम आयोजना गर्ने कार्यक्रम छ। जैविक विविधताको दृष्टिले नेपाल विश्वमा धनी देशका रूपमा चिनिन्छ।

प्रकाशित: ८ जेठ २०८० ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =