घरसम्मै पुग्यो डढेलो, एक जनाको मृत्यु

हिमाल प्रेस २९ वैशाख २०८० १४:००
6
SHARES
घरसम्मै पुग्यो डढेलो, एक जनाको मृत्यु प्रतीकात्मक तस्बिर

पाँचथर- जंगलमा लागेको आगो नजिकैको घरमा सल्किएर आगलागी हुँदा पाँचथर फाल्गुनन्द गाउँपालिका-१, नवमीडाँडास्थित लाक्सेबुङमा एक युवकको जलेर मृत्यु भएको छ।

बिहीबार दिउँसो साढे ३ बजे लाक्सेबुङ जंगलमा लागेको आगो सोही स्थानका प्रेम नेम्बाङको घरमा सल्किँदा आगलागी भएको थियो। आगलागीमा परी हिँड्डुल गर्न नसक्ने नेम्बाङका छोरा ३२ वर्षीय मनकुमारको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

खरको छानो भएको घरमा जंगलमा लागेको आगोको झिल्काले भेटेपछि आगलागी भएको थियो। घरमा मनकुमार मात्रै रहेको अवस्थामा आगलागी हुँदा मृत्यु भएको र दुई तले घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

प्रकाशित: २९ वैशाख २०८० १४:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =