नेसपाले भन्यो : नागरिकलाई अनागरिक बनाएर विदेशमा मानव तस्करी गर्नेमाथि कारबाही होस्

हिमाल प्रेस २८ वैशाख २०८० १६:२८
10
SHARES
नेसपाले भन्यो : नागरिकलाई अनागरिक बनाएर विदेशमा मानव तस्करी गर्नेमाथि कारबाही होस् फाइल तस्बिर

काठमाडौँ- डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले नक्कली शरणार्थी प्रकरणमा दोषी देखिएकाले उन्मुक्ति पाउन नहुने र निर्दोषलाई नफसाउन खबरदारी गरेको छ।

नेसपाका अध्यक्ष भट्टराईले बिहीबार विज्ञप्ती जारी गर्दै आफ्नै देशका नागरिकलाई अनागरिक बनाइ विदेश पठाउनु मानाव तस्कर भएको बताएका हुन्।

‘आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर विदेशमा मानव तस्करी गर्नु र त्यसका निम्ति राज्यको उच्च तहमा रहेकाहरूले नै निजी लाभका निम्ति राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध हो,’ विज्ञप्तिमा भनिएको छ,’यसको जति भर्त्सना गरे पनि थोरै हुन्छ। कुनै पनि बाहनामा अपराधीलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन पनि नेसपा खबरदारी गर्दछ।’

राज्य र समाजमा क्यान्सरझैँ फैलिएको भ्रष्टाचारको समस्यालाई दीर्घकालीन रुपमा निवारण गर्न शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार, दलहरूको चुनावी खर्च राज्यले व्यहोर्ने, सबै तहका भ्रष्टाचार छानविन र कारबाहीको लागि शक्तिशाली जनलोकपाल गठन बनाउनुपर्ने नेसपाको भनाइ छ।

त्यस्तै राजनीतिक हस्तक्षेपका अन्त्यका लागि संरचनात्मक सुधारका लागि आवश्षक संवैधानिक र कानुनी परिवर्तन गर्न सबै दल तथा सरोकारवालासँग नेसपाले अपिल पनि गरेको छ।

प्रकाशित: २८ वैशाख २०८० १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =