कांग्रेसले गर्ला खाणको निलम्बन?

हिमाल प्रेस २८ वैशाख २०८० ७:०५
10
SHARES
कांग्रेसले गर्ला खाणको निलम्बन?

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ।

पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो।

खाण कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनलाई निलम्बन गर्नुपर्ने माग पार्टीभित्र उठेको छ।

बुधबार बसेको बैठकमा सहमति नजुटेपछि पुनः बिहीबार बैठक बस्ने गरी बैठक सकिएको थियो।

बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई निलम्बन गर्नुपर्ने धारणा राखेको स्रोतको दाबी छ। यस विषयमा सभापति शेरबहादुर देउवा मौन रहेका थिए।

यही कारण बैठक आजलाई सारिएको थियो। आज (बिहीबार) यो विषयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पुनः छलफल गर्ने तय भएको हो।

भुटानी शरणार्थी प्रकरणमा परेका खाण अहिले प्रहरी हिरासतमा छन्। उनलाई निलम्बन गरेर पार्टीले नैतिकता देखाउनुपर्ने दुई मुख्यमन्त्रीको अडान छ।

प्रकाशित: २८ वैशाख २०८० ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 2 =