कर्जा पुनर्तालिकीकरणको व्यवस्था गर्न राष्ट्र बैंकलाई महासंघ अध्यक्ष ढकालको आग्रह

हिमाल प्रेस २५ वैशाख २०८० १९:५३
2
SHARE
कर्जा पुनर्तालिकीकरणको व्यवस्था गर्न राष्ट्र बैंकलाई महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कर्जाको ब्याजदर घटाउनुपर्ने व्यवस्था गर्न आग्रह गरेका छन्। सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा उनले बजार चलायमान बनाउन कर्जाको ब्याजदर घटाउनुपर्ने, कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरणको व्यवस्था गर्न आग्रह गरेका हुन्।

साथै पुनर्कर्जा सुविधा उपलब्ध गराउन पनि उनले आग्रह गरे। महासंघको तर्फबाट नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति २०७९/८० को चौथो त्रैमासिक समीक्षाका लागि सुझाव प्रस्तुत गर्दै अध्यक्ष ढकालले तत्काल कर्जाको ब्याजदर पनि घटाउन आवश्यक व्यवस्था गर्न आग्रह गरे।

आर्थिक गतिविधिहरू शिथिल हुँदा उद्यमी व्यवसायीहरूमा ऋणको सावाँ ब्याज तिर्न सक्ने क्षमता कम हुँदै गएको, बैंकहरूको खराब कर्जा अनुपात पनि बढेकोले तत्काल, पुनर्कर्जा, कर्जाको पुर्नसंरचना एवं पुर्नतालिकीकरण गर्न उनले आग्रह गरे।

गर्भनर महाप्रसाद अधिकारीले तत्काल कार्यान्वयनमा लैजान सकिने सुझावहरूलाई गम्भीरतापूर्वक लिइने बताए।

प्रकाशित: २५ वैशाख २०८० १९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 3 =