राष्ट्र बैंकले क्षमताभन्दा ठूलो भारी बोक्न सक्दैन : गभर्नर अधिकारी

हिमाल प्रेस २४ वैशाख २०८० २०:५१
6
SHARES
राष्ट्र बैंकले क्षमताभन्दा ठूलो भारी बोक्न सक्दैन : गभर्नर अधिकारी फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका छन्। आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले आयोजना गरेको ‘नेपाल बजिनेस समिट २०२३’ कार्यक्रममा उनले राष्ट्र बैंकप्रति धेरै अपेक्षा बढेको भन्दै क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका हुन्।

अन्य क्षेत्रबाट कुनै सहायता नपाएकाले राष्ट्र बैंकसँग सरकार र निजी क्षेत्रले समेत धेरै अपेक्षा गरेको उनको भनाइ थियो। मौद्रिक नीतिका आफ्नै सीमा रहेको भन्दै उनले राष्ट्र बैंक सीमाभन्दा बाहिर गएर मौद्रिक नीतिले केही गर्नसक्ने अवस्था नरहेको बताए।

गभर्नर अधिकारीले राष्ट्रले आफ्नो सीमाभन्दा बाहिर गएर केही काम गर्न खोज्यो भने समग्र वित्तीय प्रणाली संकटमा पर्नसक्ने औँल्याए। मौद्रिक नीतिका सम्बन्धमा वित्तीय प्रणालीका हितमा आएका सबै सुझावअनुसार नीतिगत निर्णय गर्ने उनले बताए। ‘बारम्बार राष्ट्र बैंकको नीतिका विषयमा प्रश्नहरूआउने गर्छन्,’ उनले भने, ‘राष्ट्र बैंकले लिने नीतिहरू धेरै गहन छलफलका आधारमा लिने नीतिहरू हुन्। राष्ट्र बैंकले कयौं स्टेक होल्डलरहरूसँग छलफल गरिरहेका हुन्छौं।’

प्रकाशित: २४ वैशाख २०८० २०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + ten =