म डराउँदिनँ, मैले केही बिराएको छैन : आरजु राणा

हिमाल प्रेस २४ वैशाख २०८० १७:०१
54
SHARES
म डराउँदिनँ, मैले केही बिराएको छैन : आरजु राणा

काठमाडौँ– नेपाली कांग्रेस सांसद आरजु देउवा राणाले सबै सांसदको सम्पति विवरण सार्वजनिक गर्न संसदको ध्यानाकर्षण गराएकी छन्। संसद् बैठकमा बोल्दै सांसद देउवाले महिलालाई फरक खालको व्यवहार गर्ने, भन्दै भ्रष्टाचारको विषयमा आफ्नो नाम अनाहाकै मुछिने गरेको बताइन्।

‘म नभएको दिनमा मेरो विषयमा पनि विभिन्न प्रश्नहरू उठेको छ। एउटा नारीले आफ्नो हैसियतमा बसेको असैह्य हुदो रहेछ। एउटा ट्रम छ ‘मिसोजिनि’ पुरुषहरूलाई महिलाले बोलेको कुरा असह्य हुन्छ भन्ने यसको अर्थ हो। महिलाले पुरुषले भनेको भन्दा केही बोल्यो भने असैह्य हुने,’ उनले भनिन्, ‘मैले केही बिराएको छैन। म डराउँदिन। मेरो श्रीमान् ५/६ चोटी प्रधानमन्त्री भैसक्नुभएकोछ। मेरो सम्पत्ति विवरण सरकारसँग सुरक्षित छ। हामी सबैको सम्पपति विवरण देखाइयोस्। कसले के किन्यो, के खायो। सबै सार्वजनिक हुनुपर्छ। तथ्यमा रहेर बौलौँ।’

प्रकाशित: २४ वैशाख २०८० १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 16 =