सुरेन्द्र आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त

हिमाल प्रेस २४ वैशाख २०८० ९:३०
120
SHARES
सुरेन्द्र आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएका छन्। आज (आइतबार) दिउँसो साढे १२ बजे आचार्यले शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए।

नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु–२ बाट विजयी भएका हुन्। कपिलवस्तुका का‌ग्रेसका पुराना नेता आचार्यले मंसिरमा भएको चुनावमा एमालेका ब्रिजेश गुप्तालाई पराजित गरेका थिए। दुई कार्यकाल कांग्रेसका जिल्ला सभापति भएका आचार्य २०७४ को निर्वाचनमा गुप्तासँग पराजित भएका थिए।

आचार्य अहिले कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री छन्। पार्टीमा शेखर कोइराला पक्षधर रहेका आचार्य २०७० को दोस्रो संविधानसभाको सदस्य पदमा निर्वाचित भई तीन महिना सिँचाइ राज्यमन्त्री बनेका थिए।

अहिले सो मन्त्रालय नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले सम्हालिरहेका छन्। उनलाई वन वा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।

प्रकाशित: २४ वैशाख २०८० ९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =