नवनियुक्त मन्त्री आचार्यले लिए शपथ

हिमाल प्रेस २४ वैशाख २०८० १३:४०
10
SHARES
नवनियुक्त मन्त्री आचार्यले लिए शपथ

काठमाडौँ- नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शीतलनिवासमा आइतबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायत संवैधानिक अंगका प्रमुख र पदाधिकारीहरूको उपस्थिति थियो।

कांग्रेस सांसद आचार्यलाई आइतबार नै मन्त्री नियुक्त भएका थिए। आचार्य कपिलवस्तु-२ बाट विजयी भएका हुन्। कपिलवस्तुका का‌ंग्रेसका पुराना नेता आचार्यले मंसिरमा भएको चुनावमा एमालेका ब्रिजेश गुप्तालाई पराजित गरेका थिए। दुई कार्यकाल कांग्रेसका जिल्ला सभापति भएका आचार्य २०७४ को निर्वाचनमा गुप्तासँग पराजित भएका थिए।

आचार्य अहिले कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री छन्। पार्टीमा शेखर कोइराला पक्षधर रहेका आचार्य २०७० को दोस्रो संविधानसभाको सदस्य पदमा निर्वाचित भई तीन महिना सिँचाइ राज्यमन्त्री बनेका थिए।

प्रकाशित: २४ वैशाख २०८० १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =