घर बनाउने क्रममा मृत्यु भएका चार भारतीयको पोस्टमार्टम गरिँदै

हिमाल प्रेस २३ वैशाख २०८० ११:५१
10
SHARES
घर बनाउने क्रममा मृत्यु भएका चार भारतीयको पोस्टमार्टम गरिँदै घडेरी खार्ने क्रममा मजदूरको मृत्यु भएपछि घटनास्थलमा लागेको भीड, तस्बिर : दिनेश महत

काठमाडौँ-  इलामको सूर्योदय नगरपालिका १० फिक्कल बजार नजिकै घर बनाउने क्रममा मृत्यु भएकाको शवको पोस्टमार्टम गर्ने तयारी थालिएको छ। भारतबाट आफन्त आइपुगेकाले तत्काल पोस्टमार्टम गरिने इलाका प्रहरी पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले हिमाल प्रेसलाई जानकारी दिए। ढिस्को पुरिँदा चार जनाको घटनास्थलमै ज्यान गएको थियो।

‘उहाँहरूको आफन्त आइसक्नुभयो। अब पोस्टमार्टम थाल्न सनाखत गर्दैछौँ’, प्रहरी निरीक्षक राईले भने, ‘हामी दुवै पक्षलाई भेला गराएर पोस्टमार्टम गराउँदैछौँ।’  मृतकका परिवारलाई क्षतिपूर्ति दिनचाहिँ हालसम्म कुनै कुरा नभएको राईले बताए। ‘एकजनाको घर बनाउँदै गर्दा मृत्यु भएको हो। यसमा ठेकेदारको छोरा पनि पर्नुभयो। क्षतिपूर्तिका लागि अब छलफल हुन्छ।’

मृतकको परिवारका तर्फबाट पनि क्षतिपूर्तिबारे कुरा नभएकाले प्रहरी कार्यालयले समन्वय गरेर क्षतिपूर्ति दिलाउने प्रयास गरिरहेको राईले बताए। शुक्रबार अपराह्न ४ः४५ बजे घरको जग खन्दै गर्दा ढिस्को झरेर पुरिएका ४ जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा भारतको बिहार राज्य किसनगञ्ज जिल्ला डिगल बैंकका  तोसिब अलाम, अजि मोदिन, मुजाफर अलाम र अब्दुल अलाम छन्।

प्रकाशित: २३ वैशाख २०८० ११:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + sixteen =