नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई छोड्न नहुने कांग्रेसको निर्णय

हिमाल प्रेस २२ वैशाख २०८० १८:४५
22
SHARES
नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई छोड्न नहुने कांग्रेसको निर्णय फाइल तस्बि्र

काठमाडौँ- नेपाली कांग्रेसले नेपालीलाई नक्कली शरणार्थी बनाएर ठगी गरेको घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएको छ। आज शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले यस प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने निर्णय गरेको हो।

‘नक्कली शरणार्थी बनाएर ठगेको भन्ने जघन्य अपराधको कुरा आइरहेको छ। यसमा कोको संलग्न छन् सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने कांग्रेसको भनाइ हो,’ पार्टी प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले भने, ‘कति जना यसमा संलग्न छन् त्यो त अनुसन्धान हुँदै जाँदा आउला। दोषी देखिएका कोही उम्किनु हुँदैन।’

उनले नेकपा एमालेका सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी फरार भएकोबारे सोधिएको प्रश्नमा राज्यले अपराध गर्नेहरूलाई संरक्षण गर्न नसक्ने पनि बताए। उनले कांग्रेसकै नेता यस प्रकरणमा मुछिए भने कारबाही हुनै पर्ने बताए। ‘गलत गर्ने सबैलाई कारबाही हुनुपर्छ। यसमा यो त्यो भन्ने हुँदैन’ उनले भने।

नक्कली शरणार्थी प्रकरणमा नेपाल सरकारका सचिवसहित ८ जना पक्राउ परिसकेका छन्।

प्रकाशित: २२ वैशाख २०८० १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =