विद्यालयका कर्मचारीद्वारा आन्दोलन घोषणा

हिमाल प्रेस २२ वैशाख २०८० १५:०५
2.8k
SHARES
विद्यालयका कर्मचारीद्वारा आन्दोलन घोषणा फाइल फाेटाे

काठमाडौँ- सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले वैशाख २९ गते काठमाडौँको माइतीघर मण्डलमा विरोधसभा गर्ने भएका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले विज्ञप्ति जारी गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

विद्यालयमा कार्यरत कर्मचारीले न्यून पारिश्रमिकमा काम गर्नुपरेको भन्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन्। सरकारले गत भदौमा उनीहरूको माग सम्बोधन गर्ने भन्दै सहमति गरे पनि सेवासुविधा बढाइएको छैन।कर्मचारीले २०८०/८१ को बजेटमार्फत आफ्ना माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।

शिक्षकका माग र मुद्दा तत्काल सम्बोधन गर्न शिक्षक संघको माग

शिक्षक महासंघले वैशाख २९ गते माइतीघरमा विरोध सभा गर्ने

प्रकाशित: २२ वैशाख २०८० १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =