१२ वर्षपछि पाकिस्तानी विदेशमन्त्री भारतमा, दुई देशको सम्बन्ध सुधार हुने अपेक्षा

हिमाल प्रेस २१ वैशाख २०८० २१:५३
8
SHARES
१२ वर्षपछि पाकिस्तानी विदेशमन्त्री भारतमा, दुई देशको सम्बन्ध सुधार हुने अपेक्षा

काठमाडौँ- पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारी आज (बिहीबार) भारत आइपुगेका छन्। उनी संघाई कोअपरेसन अर्गनाईजेसन (एससीओ)को विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बिहीबार गोवा आइपुगेका हुन्। एससीओ सदस्य मुलुकका विदेशमन्त्रीहरूबीच हुने छलफलमा भाग लिन उनी पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ पुगेका हुन्।

विगत १२ वर्षदेखि भारतमा कुनै पनि पाकिस्तानी विदेशमन्त्री आएका थिएनन्। उनी १२ वर्षपछि भारत पुग्ने पहिलो पाकिस्तानी विदेशमन्त्री भएका छन्। यसअघि २०११ मा पाकिस्तानका पूर्वविदेश मन्त्री हिना रब्बानी खार भारत आएकी थिइन्।

गोवामा रहँदा उनले भारतीय सकमक्षी एस जयशंकरसँग वार्ता गर्ने बताइएको छ। तर भेटबारे अझै स्पष्ट हुन सकेको छैन।

उनले त्यहाँ रहँदा चीनका विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने यसअघि नै सार्वजनिक भएको छ। पछिल्लो समय भारत र पाकिस्तानबीच राम्रो सम्बन्ध छैन। बिलावलले पनि भारतीय नेतृत्वलाई व्यंग्यात्मक टिप्पणी गर्दै आएका थिए।

यसअघि उनी सन् २०१२ मा आफ्ना बुवासँग भारत भ्रमणमा आएका थिए। त्यस समयमा उनले तत्कालीन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहसँग र युवा नेता राहुल गान्धीसँग भेट गरेका थिए। उनी र राहुल गान्धीबीच अनौपचारिक कुराकानी त्यसयता भइरहेको हुनसक्ने आकलन समेत भारतीय सञ्चार माध्यमहरूको छ।

भारतीय सत्तापक्ष पार्टी बीजेपी पक्षधरसँग कटाक्ष गर्ने बिलावल भारतीय कांग्रेससँग निकटझैं देखिएका छन्। यद्यपि उनी आफू सदस्य रहेको संगठनप्रति सदासहायता र प्रतिबद्धताको सन्देश दिन भने चुकेका छैनन्। उनले भारत भ्रमणअघि पनि उक्त विषय ट्वीटमार्फत दर्शाएका छन्।

भारतमा पाकिस्तानबाट भ्रमण नभएको १२ वर्ष भइसकेको थियो। उनको यो भ्रमणले भारत र पाकिस्तानबीच संवाद खुल्ने अपेक्षा गरिएको छ। यद्यपि स्पष्ट छैन्। बिलावल सन् १९८८ मा जन्मिएका थिए। तर उनको भेटघाट छलफल नियाल्दा लोभ लाग्दो छ। उनका बुवा पाकिस्तानका राष्ट्रपति र आमा बेनजिर भुट्टो पाकिस्तानकी एक मात्र महिला प्रधानमन्त्री हुन्।

भारतमा एससीओको बैठकमा सहभागी हुन ८ सदस्य मुलुकका विदेशमन्त्रीहरू आएका छन्। बिहीबार र शुक्रबार औपचारिक बैठक हुनेछ। चीनको संघाईबाट सुरु भएको एससीओमा चीन, भारत, पाकिस्तान, रुस, ताजकिस्तान, काजकिस्तान, उजवेकिस्तान, क्रिज रिपब्लिकसहित ८ सदस्य राष्ट्र छन्। अन्य ४ मुलुक बेलारुस, मंगोलिया, अफगानस्तिान र इरान पर्यवेक्षक छन्।

पर्यवेक्षक मुलुकले सदस्यताका लागि पहल गरिरहेका छन्। नेपाल, अर्मानिया, अजरबैजान, श्रीलंका, टर्की र कम्बोडिया यसका डाइलग पार्टनर हुन्। यसमा इरान पूर्णकालीन सदस्य हुने तयारीमा छ भने साउदी अरेबिया, इजिप्ट र कतार डाइलग पार्टनर बन्नका लागि इच्छुक देखिएका छन्। चिनियाँले दुईपक्षीय तथा बहुपक्षीय व्यापारका लागि भन्दै अघि एससीओ अघि बढाएको हो।

अनिश्चित सार्क

एसिया क्षेत्रका अन्य क्षेत्रीय संगठनहरू प्राथमिकतामा परेपछि सार्क अनिश्चत बन्ने अनुमान हुन थालेका छन्। सन् २०१६ मा सार्क शिखर सम्मेलनको अन्तिम तयारी पछि भारतले सम्मेलनमा भाग नलिने बताउँदा स्थगित भएकाे सार्क शिखर सम्मेलन अझै हुन सकेको छैन। नेपाल सन् २०१४ देखि सार्कको अध्यक्ष छ। नेपालले पनि त्यसमा पहल गर्न सकेको छैन।

यद्यपि भारत आउँदै गर्दा पाकिस्तानका विदेशमन्त्री भुट्टोले पाकिस्तान आफ्नो सदस्यता रहेको संगठनप्रति कति प्रतिबद्ध छ भन्ने कुरा गोवामा सुरु सम्मेलन अघि नै दिए।

उनको उपस्थितिले आफ्नो सदस्यता रहेका संगठनप्रतिको प्रतिबद्धता देखाउँछ। उनले भारत सार्कसँग किन प्रतिबद्ध देखिएन भन्ने जवाफ कूटनीतिक तवरबाट दिएको देखिन्छ।

बेलायतीहरू यस क्षेत्र छोड्न बाध्य भएपछि पाकिस्तान छुट्याएर भारत र पाकिस्तानको बीचमा कश्मिरको घाउ रोपेर गएका थिए। पछि भारतले पाकिस्तानबाट बंगलादेश छुट्याउने काम गर्‍यो।

त्यसपछि भारत र पाकिस्तानबीच सम्बन्ध सधैँ तलमाथि हुँदै आएको छ। यही बीचमा दुवैको छिमेकमा उदाउँदो विश्व शक्ति चीनले संघाई कोअपरेसनमार्फत सुरक्षा सहकार्यको काम पनि अघि बढाउन सक्ने भनिरहँदा यही शक्तिमा सबैको चासो बढेको देखिन्छ ।

संघाई कोअपरेसन सन् २००१ मा संघाईबाट चीनले अघि बढाएको संगठन हो। यसले यस क्षेत्रको सबै मुलुकलाई समेटेको छ। यसमा समावेश हुन अन्य मुलुकहरू पनि सहमत छन्।

यद्यपि एससीओले अहिलेसम्म देखिने गरी खासै ठूलो काम गरेको छैन। यसको सचिवालय, महासचिवलगायत तय गरेर संगठित रूपमा काम गर्ने भनेर अघि बढेको छ। यही संगठनमा भाग लिन बिलावल भारत आएका हुन्। उनले बैठकको साइडलाइनमा रसियामा विदेशमन्त्रीसँग भेटवार्ता गरेका छन्। अन्य विदेशमन्त्रीसँग पनि उनले भेटवार्ता गर्ने जनाएका छन्।

प्रकाशित: २१ वैशाख २०८० २१:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =