दुर्गममा तत्काल चिकित्सक पुर्‍याउने स्वास्थ्यमन्त्री बस्नेतको प्रतिबद्धता

हिमाल प्रेस २१ वैशाख २०८० २०:२०
2
SHARE
दुर्गममा तत्काल चिकित्सक पुर्‍याउने स्वास्थ्यमन्त्री बस्नेतको प्रतिबद्धता

काठमाडौँ- नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दुर्गममा तत्काल चिकित्सक पुर्‍याउने प्रतिबद्धता गरेका छन्। बिहीबार मन्त्रालयको कार्यभार सम्हालेपछि उनले स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा दुर्गममा तत्काल चिकित्सक पुर्‍याउने प्रतिबद्धता गरेका हुन्।

पदभार ग्रहणपछि उनले आफू कम सुतेर भए पनि मन्त्रालयको काममा खट्ने बताए। मन्त्रालयका सम्पूर्ण टिमको बुद्धि, विवेक र प्रयासबाट मन्त्रालयको कामकारबाहीलाई माथि उठाउने मन्त्री बस्नेतको भनाइ थियो।

स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै लैजाने उनले बताए। ‘स्वास्थ्य सेवाको प्रक्रियालाई पनि सरलीकृत गर्दै दुर्गमभन्दा दुर्गम ठाउँमा चिकित्सक पु¥याउन स्थानीय तह, प्रदेश र संघको समन्वयकारी भूमिका हुनेछ,’ उनले भने, ‘म कम सुतेर बढी खट्न सक्ने मान्छे हो। कम सुतेर आफ्नो समय बढीभन्दा बढी सदूपयोग गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।’

मन्त्री बस्नेतले स्वास्थ्य सामग्रीहरूको तथ्यांक दुरुस्त राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए। स्वास्थ्य सामग्री धेरै खरिद भएको तर त्यो प्रयोगमा नआएकाले त्यसको हिसाब दुरुस्त राखी आवश्यक ठाउँमा पठाउनुपर्ने उनको भनाइ थियो। खरिद गरेर प्रयोगमा नआएको स्वास्थ्य सामग्रीको हिसाब खोज्न पनि उनले निर्देशन दिए।

स्वास्थ्य सामग्री खोजेर आवश्यकता भएको ठाउँ पत्ता लगाई त्यहाँ पठाउन उनको निर्देशन थियो। ‘दुर्गम जिल्लाहरूमा त्यो सामग्री नभएका कारणले समस्या परिराखेको छ भने हामीले किन नदिने,’ उनले भने।

प्रकाशित: २१ वैशाख २०८० २०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 7 =