नक्कली शरणार्थी प्रकरणमा अझै १०/११ जना पक्राउ पर्छन् : एसएसपी कार्की

हिमाल प्रेस २१ वैशाख २०८० १६:४७
140
SHARES
नक्कली शरणार्थी प्रकरणमा अझै १०/११ जना पक्राउ पर्छन् : एसएसपी कार्की

काठमाडौँ- नेपाल प्रहरीले नक्कली शरणार्थी प्रकरणमा अझै १०/११ जना व्यक्तिलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिएको जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसएसपी दानबहादुर कार्कीले नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरेको ठगी प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परिसकेको र अझै १०/११ जना पक्राउ गर्नुपर्ने देखिएको बताएका हुन्।

ठगीमा परेको भन्दै प्रहरीमा एक सयभन्दा धेरै व्यक्तिले उजुरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। प्रहरीले अहिलेसम्म नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पुर्वमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। एमाले नेता टोपबहादुरविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ। उनलाई पक्राउका लागि खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ वैशाख २०८० १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 8 =