बेपत्ता युवक पाँच दिनपछि मृत फेला

हिमाल प्रेस २१ वैशाख २०८० १२:२३
2
SHARE
बेपत्ता युवक पाँच दिनपछि मृत फेला प्रतिनिधिमूलक तस्बिर

पाल्पा- कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज फेला परेका छन्।

रामपुर नगरपालिका-४ स्थित कालीगण्डकीको कोप्चेघाटमा गत वैशाख १६ गते अपराह्न पौडी खेल्ने क्रममा २१ वर्षीय अभिषेक राउत बेपत्ता भएका थिए।

खोजी कार्य गर्ने क्रममा आज बिहान रामपुर-४ वडभानस्थित कालीगण्डकी नदी किनारमा फेला पारेको इलाका प्रहरी कार्यालय रामपुरका निमिक्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक दलबहादुर बुढाले जानकारी दिए।

भारतको हिमाञ्चल प्रदेश कसैली घर भएका राउत रामपुर-५, बेझाडस्थित एक ट्याटु हाउसमा साथीसँग काम सिक्न आएका हुन्। शनिबारको दिन साथीसँगै नदीमा पौडी खेल्न पुगेका थिए। शव परीक्षणका लागि अहिले रामपुर अस्पताल लगिँदैछ।

प्रकाशित: २१ वैशाख २०८० १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − two =