गण्डकीका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत नदिने

हिमाल प्रेस २१ वैशाख २०८० ९:३५
10
SHARES
गण्डकीका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत नदिने फाइल तस्बिर।

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई नेकपा एमालेले विश्वासको मत नदिने भएको छ। मुख्यमन्त्री पाण्डेलले बिहीबार विश्वासको मत लिँदैछन्।

एमाले संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो। लोकतान्त्रिक ढंगबाट चलेको सरकारलाई गिराउने काम गरेको कारण यो सरकारलाई विश्वासको मत नदिने र विपक्षीमा उत्रिने एमाले सांसद एवं पूर्व मन्त्री रोशन गाहा थापाले बताए।

नेपालको संविधान धारा १६८(२) बमोजिम १४ वैशाखमा मुख्यमन्त्री नियुक्त पाण्डेले विश्वासको मत लिन बिहीबार दिउँसो २ बजे संसद बैठक बोलाइएको छ।

मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना संसद सचिवालयमा दर्ता भइसकेको प्रदेशसभा सचिव हरिराज पोखरेल बताउँछन्। संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त पाण्डेले उपधारा (४) अनुसार ३० दिनभित्र संसदसमक्ष विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

६० सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ३१ जना सदस्यले पक्षमा मत दिनुपर्छ। यहाँ कांग्रेसको २७ सिट, एमालेको २२, माओवादीको ७ (सभामुखबाहेक), राप्रपा २ र एकीकृत समाजवादीको १ सिट छ । तर उनलाई एमालेले विश्वासको मत नदिने निर्णय गरिसकेको छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा गण्डकीको चौथो मुख्यमन्त्री नियुक्त उनले भोलिपल्ट प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष सपथसँगै कार्यभार सम्हालेका थिए।

शपथ लिने बेलामा उनले विनाविभागीय मन्त्रीमा कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादी केन्द्रबाट सुशीला सिंखडालाई नियुक्त गरेका छन्।

मन्त्रिमण्डल बिस्तार पेंचिलो बन्दा उनले नियुक्तिको एक सातामै विश्वासको मत लिन लागेका हुन्।

गण्डकीमा हाल कायम ७ सदस्यीय मन्त्रिमण्डल बनाउनुअघि पाण्डेले विश्वासको मत लिन लागेका हुन्। उनी अब माओवादीलाई थप १ मन्त्री दिएर बाँकी कांग्रेसबाट मन्त्री बनाउने तयारीमा छन्।

यो पनि

प्रकाशित: २१ वैशाख २०८० ९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 2 =