गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो, दुई जनाको मृत्यु

हिमाल प्रेस २० वैशाख २०८० ९:५७
6
SHARES
गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो, दुई जनाको मृत्यु फाइल तस्बिर।

गुल्मी- गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टर क्षेत्रमा डढेलो लागेको छ। गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको हो।

डढेलोबाट साना बिरुवा, पातपतिंगर, चराचुरुंगी एवं विभिन्न जडीबुटी नष्ट भएका छन्। ठूला रुखमा पनि आंशिक क्षति पुगेको डिभिजन वन कार्यालयका सूचना अधिकारी मुना शर्माले जानकारी दिइन्। डढेलोबाट कतिपय जंगली जनावरको मृत्यु भएको छ भने कतिपयले बासस्थान परिवर्तन गरेका छन्। सबैभन्दा धेरै रेसुंगा र मुसिकोट नगरपालिकामा ७०९ हेक्टर सामुदायिक वनमा आगलागी भएको शर्माले बताइन्।

डढेलोमा परी जिल्लामा दुई जनाको ज्यान गएको छ। धुर्कोट गाउँपालिका-३, हाडहाडेका १३ वर्षीय दीपक मुखिया र ५३ वर्षीय धनबहादुर जोगी कुँवरको आगो निभाउने क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ। वनमा आगो लगाउने एक जनालाई कारबाहीको दायरामा ल्याइएको छ। -रासस

प्रकाशित: २० वैशाख २०८० ९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =