कांग्रेसको पहिलो आन्दोलन नै मजदूर आन्दोलन : देउवा

हिमाल प्रेस १८ वैशाख २०८० ७:११
4
SHARES
कांग्रेसको पहिलो आन्दोलन नै मजदूर आन्दोलन : देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मजदूर वर्गका समस्यालाई समाधान गरेर उनीहरूको हक र हितको सम्बर्द्धन गर्न कांग्रेस सदैव सचेत भएर लागिरहने उल्लेख गरेका छन्।

मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उनले शुभकामना सन्देशमार्फत नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

सभापति देउवाले २००३ सालमा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको उल्लेख गर्दै सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बीपी कोइरालालगायत धेरै नेताहरूलाई पक्राउ गरेको बताएका छन्।

‘नेपालमा प्रजातन्त्रको स्थापना २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो। त्यसैले कांग्रेस र मजदूरहरु सधैँ एक अर्कामा आबद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ’, उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

 

प्रकाशित: १८ वैशाख २०८० ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =