काठमाडौँ– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले केशवप्रसाद भट्टराईलाई अध्यक्ष चयन गरेको छ। भट्टराईले बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हालेका हुन्।
सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एकआपसमा गाभिइ सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट कारोबार भइरहेको छ।
कम्पनीको संस्थापक शेयरधनी समूहबाट सञ्चालकमा केशवप्रसाद भट्टराई, नन्दकिशोर शर्मा र विवेक झा निर्वाचित भएका थिए। सर्वसाधारण शेयरधनी समूहबाट हेमन्त नाहटा, आकाश गोल्छा र प्रिया तायल निर्वाचित भएको कम्पनीले जनाएको छ। साथै कम्पनीको स्वतन्त्र सञ्चालकमा चुडामणि देवकोटा नियुक्त भएका छन्।
प्रकाशित: ११ जेठ २०८० १४:५९ | Thursday, May 25, 2023
प्रतिक्रिया




