फरार सूचीका कोइरीलाई एमालेले राख्यो संसदीय समितिमा

सभापतिका आकांक्षी योगेश र गोकुल लेखा समिति सदस्यमा सिफारिस

हिमाल प्रेस १५ वैशाख २०८० ७:५०
156
SHARES
फरार सूचीका कोइरीलाई एमालेले राख्यो संसदीय समितिमा

काठमाडौँ- नेकपा एमालेले संसदीय समितिमा रहने सदस्यको नाम संसद् सचिवालयलाई बुझाएको छ। प्रतिनिधिसभाका १० वटा विषयगत समितिमा दलबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम बिहीबार एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सभामुख देवराज घिमिरेलाई बुझाएका हुन्।

एमालेले फरार सूचीमा रहेका लक्ष्मी महतो कोइरीलाई पनि संसदीय समितिमा पठाउने भएको छ। कोइरीमाथि मधेश आन्दोलनमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या अभियोग छ।

२०७२ को मधेश आन्दोलनमा घाइते प्रहरी विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा महतोकै निर्देशनमा एम्बुलेन्सबाट बाहिर निकालेर खेतमा लखेटी-लखेटी हत्या गरिएको अभियोगमा कोइरीलगायत २८ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ गते एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो। आदेश चित्तबुझ्दो नभएको भन्दै विकको परिवारले जनकपुर उच्च अदालतमा पुनरावेदन दिएका थिए। जनकपुर उच्च अदालतमा २०७७ मंसिर १९ मा जिल्ला अदालतको आदेश उल्ट्याउँदै महतोलाई थुनामै राखेर कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो। उनी अहिलेसम्म अदालत हाजिर भएका छैनन्। प्रहरीले पनि उनलाई पक्राउ गरेको छैन। तर उनी फरार सूचीमा छन्।

उनले बिहीबार मात्रै आफू अस्वस्थता देखाउँदै सभामा आउन नसकेको पत्र पठाएका थिए।

यी हुन् एमालेले संसदीय समितिमा पठाएका नाम

अर्थ समितिमा विष्णु पौडेल, पदम गिरी, जुली महतो, सूर्यबहादुर थापा, भगवती चौधरी, अमर रायमाझी, नारायणप्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगरको नाम मनोनयनका लागि पठाएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा केपी शर्मा ओली, भीम आचार्य, हरि उप्रेती, सुनिता बराल, देवीप्रकाश भट्टचन, एकनाथ ढकाल, सम्झना थपलिया र दामोदर बैरागीको नाम पठाएको छ।

रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता र लक्ष्मी महतो कोइरीको नाम उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पठाइएको छ। कोइरी फरार सूचीमा रहेका सांसद हुन्।

कानुन, न्याय तथा मानवअधिकार समितिमा सुवास नेम्बाङ, महेशकुमार बर्तौला, मनबहादुर गुरुङ, किरणकुमार साह, नैनकला थापा, प्रतीक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्माको नाम पठाएको छ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ज्वालाकुमारी शाह, सूर्यप्रकाश ढकाल, बिजुला रायमाझी, सरस्वती सुब्बा, अमृतलाल राजवंशी, गंगाप्रसाद यादव, मानवीर राई र सूर्यकुमारी श्रेष्ठको नाम सिफारिस गरिएको छ।

महिला तथा सामाजिक मामिला समितिमा टोपबहादुर रायमाझी, ईश्वरीबहादुर रिजाल, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, हर्कमाया विश्वकर्मा, आश्मा चौधरी र विना देवीलाई पठाएको छ।

यसैगरी राज्यव्यवस्था तथा सुशासन समितिमा पृथ्वीसुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, लीलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई, बलराम अधिकारी, वासुदेव घिमिरे र मेनकाकुमारी पोखरेलको नाम सिफारिस गरिएको छ।

पूर्वाधार विकास समितिमा गोकर्ण विष्ट, ठाकुर गैरे, वसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला, दयालबहादुर शाही, प्रेमबहादुर महर्जन र राजकुमार गुप्तालाई पठाइएको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छविलाल विश्वकर्मा, विद्या भट्टराई, प्रभु हजारा दुसाध, ईश्वरी घर्ती, सरिता भुसाल, दिपा शर्मा, उर्मिला थेवे र कालुराम राईको नाम सिफारिस गरिएको छ।

सार्वजनिक लेखा समितिमा योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युतप्रसाद मैनाली, दामोदर भण्डारी, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मणी राना बराइलीको नाम सिफारिस गरिएको जनाएको छ।

प्रहरी हत्या आरोपित एमालेका सांसद कोइरीलाई पक्राउ गर्न देशभरीका प्रहरी कार्यालयमा सर्कुलर

यी दुई जनालाई सांसदको रुपमा काम गर्न नदिन प्रहरी र अख्तियारको पत्र

प्रकाशित: १५ वैशाख २०८० ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast