एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने

हिमाल प्रेस १४ वैशाख २०८० १७:३६
14
SHARES
एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने फाइल तस्बिर।

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेटमा सेमिफाइन समीकरण पूरा भएको छ। शनिबार हुने सेमिफाइनलका खेलमा नेपालले कुवेत र ओमानले यूएईसँग खेल्नेछन्। नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल पुगेको हो। समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनल पुगेको ओमानले यूएईसँग खेल्नेछ।

त्यस्तै समूह ‘बी’को विजेता यूएई र उपविजेता कुवेत सेमिफाइनलमा पुगेका छन्। कुवेतले बिहीबार हङकङलाई ३० रनले हराउँदै सेमिफाइनल पुगेको हो। नेपाल, ओमान र यूएई यसअघि नै सेमिफाइनल पुगेका हुन्। प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ।

सन्दीपको अलराउन्ड प्रदर्शनमा जोगियो नेपाल

प्रकाशित: १४ वैशाख २०८० १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nineteen =