एसीसी प्रिमियर कप : नेपाल हङकङसँग पराजित

हिमाल प्रेस ८ वैशाख २०८१ २०:०६
10
SHARES
एसीसी प्रिमियर कप : नेपाल हङकङसँग पराजित फाइल तस्बिर

काठमाडौँ- एसीसी प्रिमियर कप–२०२४ अन्तर्गतको तेस्रो स्थानको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ।

नेपाल पराजित भएसँगै आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी–२० एसिया कप पनि गुमाएको छ।

१४० रनको लक्ष्य पछ्याएको हङकङले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍याे।

हङकङ, यूएई र ओमन उक्त प्रतियोगिताको लागि छनोट भएका छन्। भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीसँग खेल्नेछन्।

एसिया कपमा पुग्न आइतबार फाइनलमा यूएई र ओमानबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ८ वैशाख २०८१ २०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 14 =