गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार बन्ने, मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे

हिमाल प्रेस १४ वैशाख २०८० १३:३५
6
SHARES
गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार बन्ने, मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे

काठमाडौँ- गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार गठन हुने भएको छ। प्रदेश प्रमुखले दिएको समय सीमा घर्किन लाग्दा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउन दलहरू दाबी गर्न जान लागेका हुन्।

प्रदेश प्रमुखले सरकार गठनका लागि आज अपराह्न ४ बजेसम्मको समयसीमा छ। दिउँसो २ बजे कांग्रेस-माओवादीको संसदीय दलको संयुक्त बैठक बस्दैछ। बैठकमा छलफलपछि सरकारमा दाबी पेस गर्ने माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए।

खगराज अधिकारी पदमुक्त भएपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार संविधानको धारा १६८ उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दल मिलेर बहुमतको सरकार गठन गर्न आह्वान गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ। यहाँ कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित) र राप्रपाका २ र एक स्वतन्त्र सांसद छन्।

प्रकाशित: १४ वैशाख २०८० १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =