ताप्लेजुङमा चट्याङ लागेर बालकको मृत्यु, बाबुआमा घाइते

हिमाल प्रेस १४ वैशाख २०८० ७:५९
2
SHARE
ताप्लेजुङमा चट्याङ लागेर बालकको मृत्यु, बाबुआमा घाइते

काठमाडौँ- ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ साँघुमा चट्याङ लागेर एक जना बालकको ज्यान गएको छ। दुईजना घाइते भएका छन्।

बुधबार राति करिब ९ बजेतिर घरमा बसिरहेको बेला घरमा चट्याङ पर्दा ११ वर्षका दार्ची शेर्पाको ज्यान गएको हो।

चट्याङ लागेर बालकका बुबा दारिन्जेन शेर्पा र आमा मिङ्लाल्हामु शेर्पा घाइते भएको हो।

घाइते दुवै जनाको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए।

 

प्रकाशित: १४ वैशाख २०८० ७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =