जनमतले हामीलाई थप जिम्मेवार बनायो : रवि लामिछाने

हिमाल प्रेस १३ वैशाख २०८० ९:३४
2
SHARE
जनमतले हामीलाई थप जिम्मेवार बनायो : रवि लामिछाने फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि भएको चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन-२ का जनताले दिएको बताएका छन्।

आज बिहान सामाजिक सञ्जालमार्फत चितवन-२ का जनतालाई धन्यवाद दिँदै उनले विजेता भएपछि निर्वाचन क्षेत्रका सबै नागरिकको जनप्रतिनिधि हुने मान्यतामा सधैँ प्रतिबद्ध रहने बताएका छन्।

लामिछानेले चितवन-२ सहित देशैभरि गर्नुपर्ने काम धेरै रहेकाले सम्पूर्ण जनताको समर्थनमा मुलुकलाई समृद्ध बनाउने अभियानका अवरोध तोड्न इमानका साथ लागिरहने बताएका छन्।

उनले तनहुँ-१ बाट निर्वाचित पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको पक्षमा तनहुँमा उभार सिर्जना गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन्।

लामिछानेले बारा-२ मा यसपटक व्यक्त भएको स्नेहले अर्को अभ्यासमा परिणाम दिनेमा विश्वस्त रहेको बताएका छन्।

उनले समग्रमा उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति व्यक्त भएको जनमतले आफूहरूलाई थप गम्भीर, जिम्मेवार र नागरिक मैत्री बन्न उत्प्ररित गरेको बताएका छन्।

प्रकाशित: १३ वैशाख २०८० ९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =