यस्तो छ आजको मौसम

हिमाल प्रेस १३ वैशाख २०८० ६:५१
6
SHARES
यस्तो छ आजको मौसम

काठमाडौँ- बुधबार देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ।

राति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

देशमा हाल पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव छ।

प्रकाशित: १३ वैशाख २०८० ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =