बहुमतकै आधारमा सरकार गठन गर्न गण्डकीका प्रदेश प्रमुखको आह्वान

हिमाल प्रेस १२ वैशाख २०८० १३:३७
2
SHARE
बहुमतकै आधारमा सरकार गठन गर्न गण्डकीका प्रदेश प्रमुखको आह्वान

काठमाडौँ- गण्डकी प्रदेशमा सरकार गठन गर्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आह्वान गरेका छन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गरेका हुन्।

उनले सरकार गठन गर्न तीन दिनको समय दिएका छन्।

बिहीबार ४ बजेसम्म सरकार गठन गर्न प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए।

यसअघि खगराज अधिकारी नेतृत्वको सरकार पनि पुस २५ गते सोही उपधाराअनुसार नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र एक जना स्वतन्त्र सांसदको समर्थनमा बनेको थियो।

केन्द्रमा गठबन्धन फेरिएपछि चैत १० गते माओवादीले समर्थन फिर्ता लियो। गत वैशाख ९ गते मुख्यमन्त्री अधिकारीले संसदमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।

त्यसको पक्षमा २४ र विपक्षमा ३५ मत परेपछि उनको सरकार ढलेको थियो । ६० सदस्यीय प्रदेशसभामा सरकार जोगाइराख्न ३१ सांसदको समर्थन आवश्यक पर्थ्यो।

प्रकाशित: १२ वैशाख २०८० १३:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =