पहाडी भूभागमा पानी पर्ने सम्भावना

हिमाल प्रेस १२ वैशाख २०८० ६:५३
2
SHARE
पहाडी भूभागमा पानी पर्ने सम्भावना फाइल तस्बिर।

काठमाडौँ- देशमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ ।

पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसन पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

कोशी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

आज राति कर्णाली प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ ।

कोसी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको तथा मेघगर्जन र चट्याङसहित हावाहुरीबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक शतर्क हुन आग्रह गरेको आग्रह छ ।

 

प्रकाशित: १२ वैशाख २०८० ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 3 =