यु-१६ राष्ट्रिय क्रिकेट : बागमती र मधेश प्रदेशको जित

हिमाल प्रेस ११ वैशाख २०८० २१:१३
2
SHARE
यु-१६ राष्ट्रिय क्रिकेट : बागमती र मधेश प्रदेशको जित

कैलाली- धनगढीमा जारी एनआईएमबी सुदूरपश्चिम मुख्यमन्त्री यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितमा सोमबार भएको खेलमा मधेश प्रदेश र बागमती प्रदेशले विजयी सुरुवात गरेका छन्।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा सोमबार पहिलो खेलमा मधेशले लुम्बीनीलाई ११ रन र दोस्रो खेलमा बागमतीले गण्डकीलाई २८ रनले हराउँदै जित दर्ता गरेका हुन्।

पहिलो खेलमा मधेशले पहिले ब्याटिङ गर्दै २८ ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। जवाफमा ब्याटिङ गरेको लुम्बीनीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३० रन मात्रै बनाउन सकेको हो।

दोस्रो खेलमा बागमतीले पहिले ब्याटिङ गर्दै निर्धारित २३ ओभरमा १४० रन बनाएको थियो। जवाफमा ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा ११२ रन मात्रै बनाएको हो।

मौसम खराबीका कारण दुवै खेलको ओभर घटाइएको थियो।

प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार पाउनेछन्।

नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई ध्यानमा राख्दै प्रतियोगिता आयोजना गरेको हो।

प्रकाशित: ११ वैशाख २०८० २१:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twelve =