‘राजनीतिक अवसरवाद’ अब जनताले स्वीकार्दैनन् : गोविन्दराज पोखरेल

हिमाल प्रेस ११ वैशाख २०८० १३:५४
54
SHARES
‘राजनीतिक अवसरवाद’ अब जनताले स्वीकार्दैनन् : गोविन्दराज पोखरेल

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले निर्वाचनमा गठबन्धन गरिने ‘राजनीतिक अवसरवाद’ जनताले नस्वीकार्ने बताएका छन्। लोकतन्त्र दिवसको शुभकामना दिँदै उनले पदका लागि जे पनि गर्नेसँग निर्वाचनमा गरिने गठबन्धन जनताले नस्वीकार्ने बताएका हुन्।

‘पदका लागि ९०% अन्धभक्त नेतृत्वको समर्थनमा निहत्था नेता र शुभेच्छुकको हत्या गर्नेसँग निर्वाचनमा गठबन्धन गरिने ‘राजनीतिक अवसरवाद’ जनताले स्वीकार गर्ने छैनन्,’ उनले ट्विटरमा लेखेका छन्, ‘बीपीले बीजारोपण गरेको लोकतन्त्र समायानुकल परिस्कृत गर्दै नयाँ ‘चेत चरित्र चेहरा’ निर्माण गर्न सफल होऔँ, लोकतन्त्र दिवसको शुभकामना।’

प्रकाशित: ११ वैशाख २०८० १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =