आजको मौसम : पहाडमा मेघ गर्जनसहित वर्षा, तराईमा हावाहुरी

हिमाल प्रेस ११ वैशाख २०८० ७:२७
2
SHARE
आजको मौसम : पहाडमा मेघ गर्जनसहित वर्षा, तराईमा हावाहुरी फाइल तस्बिर।

काठमाडौँ- नेपालमा हाल पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कार्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

आज राति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: ११ वैशाख २०८० ७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fifteen =