आजको मौसम : मधेश र कोशी प्रदेशमा हावाहुरीको सम्भावना

हिमाल प्रेस ७ वैशाख २०८० ६:४०
4
SHARES
आजको मौसम : मधेश र कोशी प्रदेशमा हावाहुरीको सम्भावना फाइल तस्बिर।

काठमाडौँ- हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव छ।
हाल सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा र बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

गण्डकी, कर्णाली, सुदूरपश्चिम, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना छ। मधेस र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना छ।

प्रकाशित: ७ वैशाख २०८० ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =